आर्य: उत्तम, श्रेष्ट, आदरणीय, मान्य, प्रगतिशिल, उत्तम सस्कार युक्त वा उदात्त चरित्र भएको सानाले ठूलालाई सम्मानपुर्बक प्रयोग गर्ने शब्द र यी सम्पूर्ण कुराले विकसितको आदिम कालको आदिबासी नै आर्य याने खस क्षत्री हो | आर्य जाती पन्द्रकरोड वर्ष पहिले मानिसको विकासको क्रमसगै ( हालै अस्ट्रेलियाको सोधकर्ता जेनी ग्रेम्स ) र {नेपालको लुम्बिनी रुपन्देहीको बुटवल नगरपालिका क्षेत्रमा पाइएको रामपिथाकस एककरोड चालिस लाख वर्ष भन्दा पुरानो अब अबसेस} ककेसियस जातिको कालासागर हुंदै हिन्दकुश पर्बतको इलाकाबाट एउटा झुण्ड उत्तरपूर्वी एक झुण्ड दक्षिण पुर्व लागे | उत्तरी झुण्ड भारतीय उपमहाद्वीपमाप्रबेस गरेको प्राचिनजाती हो| सिन्दुनदीमा प्रबेस गर्दा द्रबिडहरुसंगलडाईजितीनदीकोकिनारैकिनार{घोडाचडीफिरन्ताअग्लाअग्लागोरोरातोकपालभएका}आर्यहरुले शिन्धुघाटिमा राज्य समेत गरेका थिए | मानब जाति समुह race को कुरा गर्दा १ आर्य २ मङ्गोलियन मोगोलिया ३ हब्सी जाती अफ्रीकामा सिमित थिए | नेपालको सन्दर्भमा भन्दा आर्य, मंगोल, अस्ट्रो द्रविड जाति समुहमा पर्ने कतिपय उपजाति नेपालमा छन् | सोहि समय देखि नै एक आपसमा मिलेर बसेकोलेनै आर्य जातिले आफ्नो क्रीतिमान विश्वमानै सुपरिचित हिन्दुहरुको वर्चस्व कायम गरेको हेरोदट्सले उल्लेख गरेका छन् खस क्षत्रीहरू लाई स्वर्ण प्रेदेसका बीर मानिसहरु उल्लेख छ | ( त्यतिखेर आर्यवर्तहिमाल देखि विन्ध्याचलसम्म र पुर्बी समुन्द्रदेखि पश्चिमीसम्म फैलिएको राजधानी कर्णाली प्रदेसको सिंजा खसान राज्य जसले पुर्बमा भुटान पश्चिममा पाकिस्तानसम्म थियो )
प्राक्रितिकको विकास र विनास सगै त्यसवेलाका राजा महाराजाले ऐस आराम, मोजमस्तीका साधन लगायत विज्ञानको विकास चरमचुलीमा पुराएका थिए| विकास पछि विनास यो प्रकृतिको नियम हो | प्रकृतिको नियम बमोजिम त्यो सभ्यता विनास भएको कारणले हामी यो अवस्थामा छौं | त्यसैले हामी एक हुनु पर्छ | I. L.O.169 बाट हामीलाई अतिरंजित (exaggeration) कुठाराघात गरिएको छ | जुन तीनकरोड नेपालीलाई बेरेनको सिद्दान्त अनुसार ज्यादै मर्कामा पारिएको छ भने, बकबेदान्त बादीहरुले यो देसलाई आइ. एल. ओ. को भरमा (आडमा) तीनकरोड जनतालाई भड्काएर वा प्रलोभनमा पारेरै ठगिखाने विध्यालय खोलि हामीलाई विध्यार्थी बनाउदै छन् | यो अवस्थामा हामीले हाम्रो भाग्य (सम्बिधान) हामी आफैले कसरि लेख्न सक्छौं त ? दस वर्षको कहाली लाग्दा दिनहरु ...... जनविद्रोहकालका प्रमुख घटनाहरु:
माओबादीको २०५२ सालको फागुन १ गतेबाट सुरुभएको जनबिद्रोह २०६३ सालमा १२ बुदे सम्झौताबाट समाप्त भएको अवस्थासम्म बिभिन्न महत्वपूर्ण घटनाहरु भएका थिए | यो समयमा माओबादी, सेना, प्रहरी, र सामान्य नागरिक बेपत्ता पारिएका र मारिएको संख्या लगभग बिसहजार भएको तथ्यांक सार्बजनिक गरिएको थियो | यसमध्ये एकहजार दुइसय बेपत्ताका सुचिमा छन् |यो समयमा २ लाख बिस्थापित भएका छन् | पचास हजार हेक्टर
जमिन तिस हजार परिवारबाट माओवादीले कब्जा गरयो |कम्तिमा दस अर्बको संरचनाको ध्वस्त गरयो |
२०५२ साल माघ २१ गते तात्कालिन संसदको तेस्रो ठुलो दल जनमोर्चाले संविधानसभाको मागसहित ४० बुँदे माग प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको थियो |
२०५२ साल फागुन १ गते रोल्पा, रुक्कुम, सिन्धुली ३ जिल्लामा एक एक प्रहरी चौकीमा आक्रमण सुरु |
२०५२ साल फागुन १४ गते देखि प्रतिकारात्मक कारबाही सुरु |
२०५३ पुष १९ गते रामेछापको बेथानको आक्रमणमा तिन माओबादी र दुई प्रहरी मारीए २०५५ बैशाखबाट चार महिना भित्र किलो सेरा टु अप्रेशनमा अन्दाजी चारसय मारीए |
२०५५ फागुन २० गते दाङ चिराघाट इलाका प्रहरी चौकी आक्रमणगरि सात प्रहरी मारीए |
२०५५ फागुन २१ गते यदु गौतम रुकुम एमाले सांसद उमेद्वार मारिए |
२०५६ पुष १९ गते जुम्लाको सरालिमा नौ जना प्रहरी मारिए |
२०५७ असोज ९ गते डोल्पाको सदरमुकाम दुनैमा ४० घाइते, १४ प्रहरी मारिए |
२०५७ साल कार्तिक ११ गते काठमान्डुको विशकुनारायणमा उपप्रधान मन्त्रि रामचन्द्र पौडेल र माओबादी नेता रविन्द्र श्रेस्ठ अनौपचारिक भेट वार्ता भएको |
२०५७ पौष ५ गते रुकुम जिल्लामा जनसरकार घोषणा |
२०५७ साल चैत्र २० गते रुकुमको रुकुमकोट ठाँटि डाँडाको आक्रमणमा ३० प्रहरी मारिए |
२०५८ साल जेठ २० गते माओबादी अध्यक्ष प्रचण्डले राजतन्त्रको अन्त्य भएको घोषणा |
२०५८ असार २३ गते गुल्मी, लमजुंग, नुवाकोटको चौकीमा एकैचोटी ४१ प्रहरी मारिए |
२०५८ साउन १० गते माओबादी बाट युद्धविरामको घोषणा र बार्ताकोलागि आब्हान |
२०५८ साल मङ्सिर ८ गते पहिलोपटक आक्रमण गरिएको सैनिक ब्यारेक, दाङ घोराहीमा १४ सैनिक सुरक्षा कर्मी ३७ मारिए |
२०५८ फागुन ४ गते अछामको सदरमुकाम मंगलसेन र साँफेबगर स्थित विमानस्थलको एकै साथको आक्रमणमा प्रमुख जिल्ला अधिकारी समेत १२९ मारिए |
२०५८ चैत ३० गते दाङको तिनठाउँमा एकैचोटी ससत्र, जनपथ अधिकृत सहित ४६ मारिए
२०५८ साल भदौ २३ गते सिन्धुलीको भिमानमा प्रहरी निरीक्षक सहित ४९ मारिए |
२०५८ साल भदौ २४ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा ६५ सुरक्षा कर्मी र सर्ब साधारण सहित ६६ जना मारिए |
२०५९ साल कार्तिक गते गोर्खाको ताकुकोटमा र जुम्लाको सदरमुकाम खलंगामा २ सर्बसाधार एक प्रमुख जिल्ला अधिकारी समेत ६४ मारिए |
२०५९मघ १५ गते सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेस्ठ का दम्पति हत्या भयो |
२०६० भदौ २१ गते दोलखाको मैनापोखरीमा यात्रुबाहक बसमा आक्रमण |
२०६० छात ७ गते म्याग्दीको बेनीमा सनिक सहित ५१ मारिए |
२०६२ जेठ २३ गते बाँदरमुढेमा यात्रुबाहक बसका सर्वसाधारण ३९ मारिए |
२०६२ जेठ २९ गते कैलालीको अत्तरियामा प्रहरीका परिवार ७ हत्या |
२०६२ सुन २३ गते कालिकोटको पिलीमा सैनिक ५० भन्दा बढी मारिए |
२०६२ साल चैत काभ्रेको दाप्चामा १३ सैनिक मारिए |
२०६२ चैत २३ सर्लाहीको मलंगवा सैनिकहेलिकप्टर ध्वस्त, १० सैनिक सहित२३ मारिए |
२०६३ साल वैशाख १० गते सिन्धुपाल्चोकको चौतारामा आक्रमण एक सुरक्षाकर्मीसहित ६ मारिए |
यी दिनहरु बिर्सन नपाउदैं जनसरकारले केहि गर्छ कि भनि बसेका तीनकरोड सिदासादा जनता बाट नागरिक बन्न नपाउदैं जातीय राज्यको नाममा भागबन्डा गरि हिराको टुक्रा जत्रो नेपाल आमालाई छियाछिया पार्दै जातीय झगडाको क्यान्सरको विजको नर्सरी तयार गरिरहेका छन् | के हामी कानमा तेलहालेर वसिरहेका छैनौं त ? अब कति वस्नु हुन्छ ? समयको घडी घुमीनै रहन्छ | जब समय बितिसकेको हुन्छ तब फर्केर आउदैन, त्यतिबेला सारै ढिला भैसकेको हुनेछ |क्यान्सरले जरो गाडी सकेको हुनेछ जुन अबस्थामा एक भाइले अर्को भाईलाई क्यान्सर सार्ने ? वा क्यान्सर लागेको भाइलाई समाप्त गर्नु बाहेक अर्को उपाय छैन| त्यसैले कुहिएको आलुलाई राम्रो बोरामा मिसाउने कि? मल्खाल्टोमा फाल्ने ?
हामी तीनकरोड नेपाल आमाका सन्तान एउटै डुंगामा यात्रा गरिरहेका छौं, यदि हामी मद्धे कसैलेपनि डुंगामा प्वाल पारिरहेको देख्नु भएमा तपाईको विचारमा के गर्न उचित ठान्नु हुन्छ ? समस्या दिनानुदिन बढेको बढेइ छ |अर्का थरि यसैको फाइदा उठाई रहेका छौं भन्छन तर तिनीहरु पनि त्यसै सवारमा छौं भन्ने भुलेर |
खस क्षत्रीहरू नेपालमा प्रस्तर युग (stone age ) देखि कै आदिवासी भएकोले नेपाली र नेपालको ज्यादै माया गर्ने भएकोले होला यो राज्यले जब जब दुख पाउदा उसैको कलेजो पहिला दुख्ने गर्छ |
त्यो यथार्थ जान्नको लागि बीर योद्धाहरूको रगतको मूल्याङ्कन गर्न सक्नुपर्छ | विभूतिको सम्मान गर्नु पर्छ | नेपाललाई बचाउने काममा कुल नेपालका बिर भन्दा बिरंगनाहरुको बढी महत्यो छ किनकि आफ्ना पतिलाई लडाइमा जानको लागी आशिर्बाद दिंदा नेपालले लडाई जित्नै पर्छ, हजुरले बीरगति प्राप्तगरे पनि |
“if you want to destroy a society, destroy its identity’
बुद्धका बाबु खस क्षत्री हुन| बुद्ध भन्दा पनि धेरै पहिले क्षत्रीहरूको राज्यहरु नेपालमा
थियो| त्यसै अनुरुप बुद्धले प्राप्तगरेका ४ किसिमका सत्यलाई आर्यसत्य भनेका छन् |
८ प्रकारका विवाह मद्धे आर्यविवाह चलन चल्तीमा रही आउनु आर्य सबै जातिभन्दा
पहिला यस स्वर्ग भूमिमा क्षत्रीहरुको राज थियो | गोपाल बंस पछिको महिषपालबंस
त्यस पछिको किरातबंस आदि बासि हुँदा किन खसक्षत्री आदिबासी नहुने ? प्राचिन नेपाली चिन्तक र नेपाली ऋषि गौतम ऋषिको लिच्क्षिविकालको ई ७०५ को बलम्बुको शिलालेखमागौतम आश्रम भन्ने ठाउँको बारेमा चर्चा गरीय अनुशार क्षत्री आदिबासी हो |
वैखानस धर्म शुत्र ,धर्म प्रश्नमा वैखानसले लेखेका चारवटावर्ण र उनीहरुको विषेसअधिकार
उल्लेखभएअनुसार खस क्षत्री आदिम कालका आदिबासी हुन |
मानिस र कंगारुको जिनमा समान
अस्ट्रेलियाको कंगारु आनुबसिक रुपमा मानिस जस्तै भयको र सर्वप्रथम कंगारुको विकास चिनमा भयको हुन् सक्ने पन्द्रकरोद वर्ष अगाडी मानिस र कंगारुको पुर्खा यौटै भयको दाबी छ |अस्ट्रियाली सोधकर्ता जेनी ग्रेम्स|
नेपालको लुम्बिनी अंचल रुपन्देही बुटवल क्षत्रमा पाइएको रामपिथकसको एक करोड चालिसलाख वर्ष भन्दा अगाडीको अवसेशले नेपालमा मानिसहरुको बसोबास करोडौं वर्ष
अगाडी नै थियो तर प्राकृतिक कारणले यो सव्यता विनास भयको अनुमान छ जुन चुरेभावर वा महाभारत पर्वत शृंखला चट्टान साक्षि छ |
चार वाराही
नेपालमा प्राचिन मातृसतात्मक प्रणालीको प्रतिकको रुपमा रहेकी बज्रबाराही, नीलबाराही, धुम्बाराही, धनताले वा श्वेतबराही जुन प्राचिन खस क्षत्रीले नेपालको शासनको नारी प्रधान रहेको राज्यको ब्यबस्थाप्रमुखलाई आज पनि उपसाना र जात्रा चल्ने गर्छन जसले नेपालमा आदिमकालदेखि खस क्षत्री भूमिपुत्रका रुपमा थियो भन्ने जानुपर्ने होइनर ?
संसारको सबै भन्दा जिबित संबत ईशा पुर्व ३०७० अघिको हो भने सो भन्दा धरै काल अघिको खस क्षत्री किन आदि बासी नहुने ?
आर्यहरुले यो देशलाई माटो नै रातो हुनेगरी आफ्नो रगतले राताम्य पारेर रक्षा गरि आयकोमा अहिले ५० वर्स नपुगेका जातिले आदिम कालका भूमिपुत्र खस क्षत्रीलाई प्रवासीको संज्ञा दिदा आजको २१ शताब्दीको मानिस भन्न योग्य हुन्छ ?
माथि उल्लेखित अभ्युयगम तथ्यहरुले नेपालका आदिमकालदेखिका भुमि पुत्र लाई आदि बासीमा उल्लेख नगर्नु पाप, कपट नभए के हो त ?
त्यसैले क्षत्री समाज नेपाल आफ्ना तीनकरोड भूमिपुत्रहरुलाई सजग बनाउन चाहन्छ कि जसले पनि नेपालमा आदिबासीको कुरा पहिले उठायो त्यो कसैबाट संचालित छ किनकि आइ. यल. ओ .१६९ ले तीनकरोड नेपालीलाई फुटाऊ र राज गर भन्ने नीतिअपनाई नेपालका केहि बकबेदान्त ठगी खाने बिद्द्या हाशिल गरेका आफैले आफुलाई विद्दवान ठान्ने व्यक्तिहरुले शोझा र सहनशील नेपालीहरुलाई बेवकुफ बनाउने कु प्रयास गरेका मात्र हुन | नेपालीहरुलाई आरक्षणको होइन अवसरको खाँचो छ | नेपालका सम्पूर्ण भाषाहरुको संरक्षण गर्नु अति आवश्यक छ | जो गरिब र विप्पन्न वर्गमा छन् तिनको जीवन स्थर उठाउन राज्यले अवसर दिनु पर्छ |नेपालमा २ जाति छन् १ महिला २ पुरुष |महिलालाई पुरुष भन्दा १० दस वर्ष सम्म कुनैपनि ठाउमा अवसर दिइनुपर्छ | एक परिवार एक रोजगार कम्तिमापनि राज्यले व्यवस्था गर्नुपर्छ | नागरिताको नम्बर अनुसार करको दयारा बनाई सुबिधा दिने र कर पनि लिने गरि जनतालाई सुसजित पार्नुपर्छ भन्ने जागरुक गर्दै यो देसलाई बिखन्डनकारी जालबाट बचाउनुपर्छ भनि जानी नजानी खस क्षत्री समाज नेपालको सिपाही बनेको छु.
सुर्य बहादुर कार्की
केंद्रिये सदस्य
क्षत्री समाज नेपाल
| मेरो फेसबुक हो http://www.facebook.com/kshatree.samaj Plz like this page. क्षत्री_समाज_चितवन
0 comments